Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैँमा दुर्घटना : रोटेपिङबाट लडेर र दुर्गा मूर्ति विसर्जनको क्रममा पानिमा डुबेर तिन जनाको मृत्यु

  •   ३ वर्ष अघि | ७ कार्तिक २०८०, मङ्लबार

कार्तिक ७, पोखरा । गोरखामा रोटेपिङबाट लडेर एक जनाको मृत्यु भएको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३६ वर्षीया कल्पना कोइरालाको रहेकी छन ।

पिङ खेल्ने क्रममा लडेर टाउकोमा चोट लागेको उनलाई उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।

त्यस्तै अर्को तर्फ घाटमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ।

रुपन्देही प्रहरीका अनुसार दुई जना युवाको डुबेर मृत्यु भएको हो भने एक जना बेपत्ता भएका हुन । प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले बेपत्ता भएकाको खोजी कार्य जारी रहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप