भदौ १७, रसुवा । शनिबार रसुवामा अवैध सुनसहित एक जना महिला पक्राउ परेकी छन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रसुवागढी नाकाको मितेरी पुलबाट पक्राउ परेकी हुन् ।
केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिएका छन ।
उनले सुन ल्याउने महिला बिरामी
परेको र सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको समेत बताएका छन । प्रहरीले
यसबारे थप अनुसन्धान गरिरहेको छ ।
- न्युज बहार संवाददाता