Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कुखुराहरुमा ‘चिकेन एनेमिया’ नामको भाइरस देखिदैँ

  •   १२ महिना अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, चितवन । चितवन जिल्लामा पालिएका केही कुखुराहरुमा चिकेन एनेमिया’ नामको भाइरस देखिएको छ । विगत तीन महिनामा यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको अध्ययनका क्रममा उक्त रोग भएको पुष्टि भएको जनाएको छ ।

चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको र कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठले जनाएका छन ।

९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको डा श्रेष्ठले जनाएका छन । यस रोगले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । प्रतिरोधात्मक क्षमता कम हुँदा अन्य रोगले कुखुरामा आक्रमण गर्छ ।

यो रोग लागेको कुखुराहरुमा तौल नबढ्ने, रक्तअल्पदा हुने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखिन्छन। 

  • न्युज बहार संवाददाता

थप