साउन १२, काठमाडौँ । दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखु गाउँपालिकाको श्री बच्छला माध्यमिक बिद्यालयमा निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । उक्त शिबिरको प्राबिधिक सहायता सुहास डेन्टल केयरले गरेको थियो भने दारी ग्याङ काठमाडौँका सक्रिय सदस्य दन्त चिकित्सक डा. लोकराज ढकालका साथै शिबिरमा ११ सदस्सिय चिकित्सक टोलि रहेका थियो ।
हिजो शुक्रबार सम्पन्न भएको शिबिरमा २९५ जना वालबालिका लाभन्बित भएका थिए भने बाहिरि मनिसहरु करिब ५० जनाले पनि शिबिरको लाभ लिएका थिए । यस शिबिर दन्त निकाल्ने कार्यका साथै दात ब्रस गर्ने तरिका पनि सिकाइएको थियो । शिबिरमा दात माझ्ने बुरुस र मंन्जन पनि बितरण गरिएको दारी ग्याङ संयोजक समुन्द्र रिजालले जानकारी दिएका छन ।
सम्पन्न शिबिरमा दारी ग्याङ काठमाडौका सदस्यहरुका साथै दारी ग्याङ नुवाकोटबाट पनि सदस्यहरुको उपस्थित रहेको थियो । शिबिरका क्रममा दारी ग्याङ काठमाडौँ संयोजक समुन्द्र रिजालले दारी ग्याङले अझै यस्ता कार्यक्रमहरु गर्ने बारे गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
- सृजना प्याकुरेल