असार २४, काठमाडौँ । प्रहरीले राजधानीका
विभिन्न स्थानमा ‘मर्निङ
वाक’ हिँडेका
महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा
संलग्न समूहका ५ जनालाई पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न समूहका ५
जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार
सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले उपत्यकाका स्थान चक्रपथको बंगलामुखी मन्दिर, न्यूरोडको जनसेवा मार्ग, टोखाको ग्राण्डी नजिकै सामाखुसीको कपुरधारा र नागार्जुनको बुद्ध चोक जस्ता ठाउँहरुबाट महिलाको सिक्री लुटेको खुल्न आएको छ।
यस्तै उनिहरुले टोखाकै विष्णुमति पुल नजिकैबाट पनि सिक्री लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुले राजधानीका विभिन्न ८ स्थानमा यसरी लुटपाट गरेको जनाएको छ ।
- न्युज बहार संवाददाता