असार २३, मकवानपुर । मकवानपुर जिल्लामा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले आज शनिबार बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन ।
ना६ख ६६६७ नं को हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रकसँग एकापसमा ठोकिदा दुर्घटना भएको हो ।
ट्रक एकापसमा ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चितवन राप्ति ननगरपालिका-८ का २८ वर्षीय ट्रक चालक रिहान रुम्बा तामाङ र सहचालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ रहेका छन। त्यसैगरी अर्का ट्रकका सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने वर्ष २० का अमृत प्रजा रहेको कार्कीले बताएका छन ।
- न्युज बहार संवाददाता