Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नदीमा नुहाउँन गएका २ जना बेपत्ता।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

जेठ २८, नवलपरासी । नवलपरासीको कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएका हुन।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको बताएका छन ।

नदीमा डुबेर बेपत्ता हुनेमा गैंडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका प्रहरीले जानाएको छ।

बेपत्ता भएका दुवै जनाको इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य गरिरहेको छ।

अहिले गर्मी बढे सँगै गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना धेरै बढ्न थालेको छ ।

  • न्युज बहार संवाददाता

थप