जेठ २७, जाजरकोट । जाजरकोट जिल्लामा दुई बालकको मृत्यु भएको छ। जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भेरी नगरपालिका- १३ का टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत र नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत रहेका छन्।
शुक्रबार उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
- न्युज बहार संवाददाता