पुस १, काठमाडौँ । तनहुँमा पोखरा जाँदै गरेको यात्रुबहाक बस दुर्घटना
भएको छ।
करिब
साढे ८ बजे आइतबार बिहान तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित
पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।
जिल्ला
प्रहरी कार्यालय तनहुँले टिपरलाई ओभरट्याक गर्ने क्रममा मुग्लिनबाट पोखरातर्फ
गइरहेको ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।
बसको
दाहिनेतर्फको टायर ओभरट्याक गर्ने क्रममा सडकबाट तल खसेको थियो। प्रहरी नायब उपरीक्षक
मोहनबहादुर खाणले बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता