माघ १, काठमाडौँ । आज माघी मनाउन टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित हुँदा १६ जना घाइते भएका छन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सोमबार
टुँडिखेलमा मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन पुगेका १६ जना च्यापिएर घाइते भएका हुन ।
प्रहरीले अत्यधिक भीड हुँदा अनियन्त्रित भएर केही
व्यक्तिहरू च्यापिन पुगेका र त्यही क्रममा मानिसहरू घाइते भएको जनाएको छ ।
- न्युज बहार संवाददाता