असार २८, धनगढी । डोटी जिल्लाको जिल्ला समन्वय समितिको गाडी दुर्घटना भएको छ। गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हिजो बुधबार साँझ बा१ज ९४३९नम्बरको गाडी आर्दश गाउँपालिका-२ को मौवामा दुर्घटना भएको हो।
प्रहरीले गाडी दुर्घटनामा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
- न्युज बहार संवाददाता