भदौ २४, काठमाडौँ । उग्ररूपमा प्रदर्शनमा
उत्रिरहेका जेनजीहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संयमता
अपनाउन अपील गरेका छन्।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत युवाहरूलाई शान्तिपूर्ण बन्न आग्रह गर्दै भनेका छन्, "अब हामी सबै संयमित हुनु आवश्यक छ। तपाईंहरूको पुस्ताले नै अब देशको नेतृत्व गर्नुपर्ने समय आएको छ। तयार रहनुहोस्!"
- न्युज बहार संवाददाता