Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

खुला रूपमा आक्रमण गर्नेहरूका लागि सजिलो बनाइदिएको छु, मैले पार्टी छाडिसके : सुमना श्रेष्ठ

  •   १० महिना अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

श्रेष्ठले पार्टी छाडेको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत् भनिन्, अब खुला रूपमा आक्रमण गर्न चाहनेहरूका लागि सजिलो बनाइदिएको छु। अब मनलाग्दी गर्न सक्नुहुन्छ, मैले पार्टी छाडिसके।’

उनका अनुसार रास्वपाको नेतृत्वले पटकपटक गल्ती गर्दै आएको छ तर कहिल्यै गल्ती स्वीकार नगरेको गुनासो छ। यो प्रवृत्ति आफूलाई अस्वीकार्य भएको बताउँदै उनले पार्टी परित्याग गरेको जनाइन्।

गल्तीहरू गर्दै जानु, तर त्यसको जिम्मेवारी सबैले बोक्नुपर्ने? भन्ने प्रश्न उठाउँदै उनले पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायलको माध्यमबाट दुःख दिने काम भइरहेको बताइन्।

श्रेष्ठले रास्वपाले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेता राख्न थालेको बेला देखिनै आफूले आलोचना गर्दै आएको उल्लेख गरिन्।

  • न्युज बहार संवाददाता

थप