Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । आज मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भइ रेकर्ड कायम गरेको छ।

आज मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रूपैयाँ २३ पैसा तोकिएको छ। 

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९८ पैसा तोकिएको छ। 

त्यसैगरी, यसदिन क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा पाइनेछ। 

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७१ पैसा पाइन्छ। 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।

यस्तै, आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइनेछ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७६ पैसा तोकिएको छ।

यसदिन युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइनेछ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६० पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५५ पैसा पाइन्छ। 

  • न्युज बहार संवाददाता

थप