मंसिर १४, काठमाडौँ । ऊखुको समर्थन मूल्य सरकारले बढाएको छ।
उद्योगी
(ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले हिजो बसेको
मन्त्रिपरिषदको बैठकले वृद्धि गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार अब ऊखु
मिलबाट किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ पाउने छन् ।
ऊखु
किसानलाई अनुदान बापत दिने रकमको भने सरकारले निर्णय गर्न बाँकी रहेको छ ।
ऊखु
किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपन्छी
विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन्।
- न्युज बहार संवाददाता