असार १८, काठमाडौँ । राजनीतिक घटनाक्रमले मंगलबारको शेयर बजारलाई पनि प्रभावित पारेको छ।
नयाँ
गठबन्धनको प्रारम्भिक सहमति अनुसार एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित
१० वटा मन्त्रालय लिने भएका जनाइएको छ । यसै कारण यस दिन शेयर बजार खुलेको १ मिनेट
२३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको
थियो।
२०
मिनेट पछी खुलेको बजार १६ सेकेण्डमा नै अर्को एक प्रतिशत बढेर शेयर कारोबार पुनः
४० मिनेटका लागि बन्द भयो । पहिलो र दोस्रो सर्किट जसरी नेप्सेमा तेस्रो सर्किट
भने लाग्न सकेन तर बजार दिनभरी नै सकारात्मक रह्यो।
मंगलबार नेप्से परिसूचक
४७.०४ अंक(२.२९ प्रतिशत)ले बढेर २१००.४३ विन्दुमा बन्द भएको छ।
नेप्से वृद्धिसँगै यस
दिन कारोबार रकम पनि बढेको छ । यस दिन बजारमा ३१५ स्टकको ६० हजार ७२० पटकको
कारोबारमा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार
कित्ता शेयर खरिदबिक्री भएको हो ।
मंगलबार सर्वाधिक ८.५४
प्रतिशतले हिमालयन डिष्टिलरीको शेयरमूल्य बढेको छ भने सर्वाधिक ६.४६ प्रतिशतले
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको छ।
आज कारोबार रकमको
आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त
कम्पनीको यस दिन १२ करोडभन्दा बढीको शेयर कारोबार भएको हो ।
आज
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ।
आज
सर्वाधिक ३.३० प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता