Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजबाट नयाँ ब्रोकर कमिशन दर लागु, यस्तो छ लगानीकर्ताले तिर्नुपर्ने नयाँ कमिसन दर

  •   २ वर्ष अघि | १ जेष्ठ २०८१, मङ्लबार

जेठ १, काठमाडौँ । आज जेठ १ गते मंगलबारबाट १० प्रतिशतले ब्रोकर कमिसन घटेको छ।

धितोपत्र बोर्डको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। सोही अनुसार आजबाट घटेको ब्रोकर कमिसन लागु भएको छ ।

 

नयाँ कमिसन दर अनुसार आजबाट लगानीकर्ताले ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने हुन्छ ।

 

  • न्युज बहार संवाददाता

थप