फागुन
२७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ
।
यसदिन नेप्से परिसूचक २२.१०
अंक(१.०८ प्रतिशत)ले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ।
नेप्से दोहोरो अंकले
बढ्दा यस दिन कारोबार कम पनि बढेको छ । आइतबार ३०४ स्टकको ५६ हजार ७२६ पटकको
कारोबारमा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता
शेयर किनबेच भएको छ।
आज विन नेपाल लघुवित्त
र जालपा सामुदायीक लघुवित्त कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
छ। यस दिन सर्वाधिक ७.०६ प्रतिशतले चिरख्वा हाइड्रोपावर कम्पनिको शेयर मुल्य घटेको
छ ।
आइतबार शेयर कारोबार
रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको २२ करोड ९३ लाख
रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३
उपसमूहमध्ये १ उपसमूहको परिसूचक घटेको छ भने १२ उपसमूहको परिसूचक बढेको छ ।
यस दिन सर्वाधिक ०.१२
प्रतिशतले हाइड्रोपावर उपसमूहको परिसूचक घटेको छ भने कारोबारमा आएका लघुवित्त उपसमूहको
परिसूचक ४.२१ प्रतिशतले बढेको छ ।
- न्युज बहार संवाददाता