Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समयसीमा थप, अब कहिले सम्म दिन पाइन्छ?

  •   १० महिना अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयसीमा थप गरेको छ। अब लगानीकर्ताले यो आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको हो। अब सर्वसाधारणका लागि जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न लागिएको हो। तीमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर विदेशमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट भइसकेको छ।

त्यस्तै, सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत (७२ हजार ६०० कित्ता) र कम्पनीका कर्मचारीहरूलाई ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर हुन्छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको क्रेडिट रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले दिएको रेटिङ अनुसार, सागर डिष्टिलरीलाई आईआरएन बी प्लस श्रेणीमा राखिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सीआस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप