चैत ८, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।
बिहीबार, नेप्से परिसूचक १५.३७ अंक(०.७४ प्रतिशत) ले घटेर
२०४८.५७ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्से घटेपनि अघिल्लो
दिनको तुलनामा कारोबार रकम भने बढेको छ। यस दिन ३१५ स्टकको ५२ हजार ३१७ पटकको
कारोबारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता शेयर किनबेच
भएको छ।
आज तेस्रो कारोबार दिन पनि सर्वोत्तम सिमेन्टको शेयर
निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन बुद्धभुमि नेपाल
हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंकको
संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । यस दिन सो बैंकको १ अर्ब २१ करोड ३२ लाख
रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
आज व्यापार उपसमूहबाहेक
अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । व्यापार उपसमूहको परिसूचक यस दिन ०.६५
प्रतिशतले बढेको छ भने १ प्रतिशतभन्दा बढी कारोबारमा आएको होटल तथा पर्यटन र
लघुवित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता