फागुन ११, काठमाडौँ । नेपालमा सबैभन्दा धेरै आयात हुने बस्तु के हो? लामो समयदेखि नेपाली व्यापारमा सबैभन्दा बढी योगदान डिजेल, पेट्रोल र एलपी ग्यासको रहँदै आएको छ।
सबैभन्दा
धेरै आयात हुने वस्तुमा पहिलो नम्बरमा डिजेल
दोस्रो नम्बरमा पेट्रोल र तेस्रो नम्बरमा एलपी ग्यास रहँदै आएका थियो।
तर चालु
वर्षमा दोस्रो नम्बरको पेट्रोललाई भने भटमासको कच्चा तेलले पछि पारेको छ।
भटमासको
कच्चा तेलको आयात विशेषगरी पछिल्ला तीन महिना अत्याधिक बढेको छ।
चालु वर्षको ७ महिनाको अवधिमा ३८ अर्ब २९ करोड
रूपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।
भटमासको
कच्चा तेल गत वर्षको यही समयमा ८ अर्ब ५४ करोड रूपैयाँ
बराबरको आयात भएको थियो।
- न्युज बहार संवाददाता