फागुन
२९, काठमाडौँ । नेप्सेले ज पनि बढ्ने
क्रमलाई निरन्तरता दिएको छ ।
साताको तेस्रो तथा
कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५५ अंक(२.८५ प्रतिशत)ले बढेर २१११.२१
विन्दुमा बन्द भएको छ।
नेप्सेको वृद्धिसँगै दिन कारोबार रकम पनि बढेको छ । यस
दिन बजारमा ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ
बराबरको १ करोड ६ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ। यस दिन न्नति सहकार्य लघुवित्त, जनउत्थान
सामुदायिक लघुवित्त, स्वाभिमान
लघुवित्त, जाल्पा
लघुवित्त र विन नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस
दिन मूल्य घटेका स्टकहरु ३ प्रतिशतभन्दा कम घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष
स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ३७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच
भएको छ।
आज कारोबारमा आएका १३
वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सबैभन्दा धेरै ५.४४ प्रतिशतले यस दिन जीवन
बीमा उपसमूहको परिसूचक बढेको छ।
यस दिन होटल, बैंकिङ्ग, पर्यटन र निर्जीवन बीमा
उपसमूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता