Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चाइनिज लसुन आयातमा तीव्र उतारचढाव

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, सोमवार

जेठ १२, काठमाडौँ । चीनबाट गरिने लसुनको आयातमा चालु आर्थिक वर्षमा तीव्र उतारचढाव भएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ अर्ब २४ करोड रूपैयाँको लसुन चीनबाट आयात भएको तथ्याङ्कले जनाएको छ।

नेपालले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म मात्रै ५ करोड १२ लाख किलो लसुन आयात गरिसकेको थियो भने यसको मूल्य ६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी हुन आउँछ।

अघिल्लो वर्षको तुलनामा यो परिमाण झन्डै पाँच गुणा र मूल्यका हिसाबले चार गुणा बढी हो।

माघसम्मकै अवधिमा गत वर्ष १ करोड ४८ लाख किलो लसुन १ अर्ब ९७ करोड रुपैयाँमा आयात गरिएको थियो।

वार्षिक आयात त्यसअघि कहिल्यै पनि १ करोड किलो नाघेको थिएन। चाइनिज लसुन आकारमा ठूलो, भण्डारण गर्न सजिलो, चम्किलो र छिल्न सहज हुने भएकाले भारतमा यसको आकर्षण बढी रहेको छ।

  • न्युज बहार संवाददाता

थप