Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन मुडमा

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन तर्फ गएको छ ।  

यस दिन नेप्से परिसूचक २७.८४ अंक(१.३२ प्रतिशत)ले  घटेर २०८०.८७ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बजारमा यस दिन ३०३ स्टकको ६६ हजर १०७ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा घट्दा पनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषि लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन सर्वाधिक ६.०२ प्रतिशतले स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन । त्यी मध्ये सर्वाधिक २.६५ प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप