असार १८, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा बन्द भएको हो।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि बढेको छ। बजारमा यस दिन ३१७ स्टकको ८९ हजार ४६८ पटकको कारोबारमा ९ अर्ब ७४
करोड ४८ लाख ४३ हजार रुपैयाँबराबरको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
यस दिन दुई स्टकको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खानी खोला हाइड्रोपावर र ग्रीन
डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन ३.७३
प्रतिशतले कारोबारमा आएको ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य घटेको
छ।
यस दिन कारोबार रकमका आधारमा पनि एनआरएन
इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज ५५
करोड ५३ लाख २ज्ञ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३
वटै उपसमूहका परिसूचक बढेका छन्।
यस दिन सर्वाधिक २.८३
प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता