Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नियमित समयभन्दा पहिलै बन्द

  •   १० महिना अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । सरकार र सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको सेयर बजारमा भारी गिरावट आएको छ। कारोबारको पहिलो दिन नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि बजार नियमित समयभन्दा पहिलै बन्द गर्नुपरेको छ।

प्रि-ओपन सेसनमै तीव्र गिरावट देखिएको बजार, नियमित कारोबार सुरु भएको करिब २ मिनेट २२ सेकेन्डमै ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेकर लाग्यो र कारोबार २० मिनेटका लागि रोकियो। त्यसपछि ११:२२:२२ मा पुनः खुलेको बजार ११:२३:२५ मा थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट लागेर कारोबार फेरि ४० मिनेटका लागि स्थगित भयो।

लगातारको गिरावटपछि बजार १२:०३:२५ मा पुनः खुले पनि स्थितिमा सुधार आउन सकेन। अन्ततः १२:०६:०९ मा नेप्से ६ प्रतिशतले घटेपछि सो दिनको लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।

बिहीबारको कारोबार अवधिमा नेप्से सूचक १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २६.०८ अंक, फ्लोट इन्डेक्स १०.७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ९.२५ अंकले घटेका छन्।

जम्मा ६ मिनेटको कारोबारमा २३८ कम्पनीका १७ लाख ५२ हजार ७८१ कित्ता शेयर ७ हजार ४३५ पटक खरिद-बिक्री भई कुल कारोबार ७२ करोड ८७ लाख रुपैयाँ नाघेको छ।

यो दिन हिमस्टार उर्जा कम्पनीको सेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा पुग्दै ४३ रुपैयाँले वृद्धि भएर ४७३.५० रुपैयाँमा कारोबार भएको हो। मूल्य बढ्ने अन्य कम्पनीहरूमा भने वृद्धिदर २ प्रतिशतभन्दा कम देखिएको छ। उता, १५ कम्पनीका सेयर नकारात्मक सर्किटमा पुगेका छन्।

कारोबार रकमको हिसाबले हिमालयन डिष्टिलरी अगाडि रह्यो, जसको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। सिईडिबी होल्डिङ्स र शिवम् सिमेन्टको पनि क्रमशः ४ करोड र ३० करोडभन्दा बढीको कारोबार भएको छ।

साथै, बजारका सबै १३ उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूहमा सबैभन्दा बढी ९.३४ प्रतिशतले गिरावट आएको छ भने होटल तथा पर्यटन, लगानी र अन्य समूहहरूमा पनि ७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। जीवन बीमा समूह ६.५ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप