Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१८.१४ अंकले घट्यो नेप्से, कारोबार रकम भने बृद्धी

  •   २ वर्ष अघि | २५ पुस २०८१, बिहिबार

पुस २५, काठमाडौँ । नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

आज बिहीबार नेप्से परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३०८ स्टकको ७३ हजार ३०९ पटकको कारोबारमा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टक बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।

यस दिन ०.९९ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक २.९३ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप