माघ
२७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ। बजारमा यस दिन ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९
करोड ८६ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
यस दिन दुई स्टक सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो
लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा
आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक साढे ६ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर
एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३१ करोड १६ लाख
रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक १.३९
प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक १.३५ प्रतिशतले विकास
बैंक उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता