जेठ
२०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से सूचक बढेर बन्द भएको छ ।
आज
नेप्से परिसूचक १३.५१ अंक(०.६५ प्रतिशत)ले बढेर २०८३.०४ विन्दुमा पुगेर बन्द भएको
छ ।
आज
बजारमा २४७ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर चार अर्ब ३१ करोड १० लाख
रुपैयाँ बराबरमा शेयर खरिद बिक्री भएको छ ।
आज बढेको बजारमा दुईवटा
कम्पनी मल्टिर्पपस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनीको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजारमा नारायणी डेभलपमेन्ट बैंकको
शेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल फाइनान्सको पहिलो स्थानमा रहेको छ । सबैभन्दा धेरै भएको छ । आज उक्त
फाइनान्सको यस दिन २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आइतबार कारोबारमा आएका
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० वटा उपसमूहको परिसूचक बढेको छ ।
आज कारोबारमा आएको व्यापार
उपसमुहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ । आजको बजारमा म्यूचुअल फण्ड, लागनी र उत्पादन तथा प्रशोधनको परिसूचक नकारात्मक भएर बन्द भएको हो ।
- न्युज बहार संवाददाता