मंसिर
२३, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले घटेको
छ।
आज
नेप्से ४५.९३ अंक (१.६७ प्रतिशत)ले घटेर २६८९ विन्दुमा बन्द भएको छ।
नेप्से
परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ ।
आज ३२१
वटा धितोपत्रको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको छ।
यसदिन
खानीखोला हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ भने मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मुल्य १० प्रतिशतले
घटेर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज
एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको
आज ३२ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
आज
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।
यस दिन सर्वाधिक
३.०७ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता