कात्तिक
१६, बुटवल । यो वर्ष लुम्बिनी प्रदेशमा १२ करोड रुपैयाँ भन्दा बढीको फुल उत्पादन
भएको छ ।
यो वर्ष(२०८१)मा
लुम्बिनी प्रदेशमा मात्र १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूल
उत्पादन भएको हो ।
यो वर्ष प्रदेशमा ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएको
प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृतले जनाएका छन ।
प्रदेशमा
प्रतिरोपनी ६ सय किलो फूल उत्पादन भएको र प्रदेशमा यो वर्ष करिब १०
कट्ठा क्षेत्रफलमा मखमली खेती र २५.७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती
भएको कृषि
विकास निर्देशनालयले यस प्रदेशमा तयार पारेको तथ्याङ्कले देखाएको छ ।
- न्युज बहार संवाददाता