कात्तिक
२६, सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बजारस्थित
सुपरमार्केटमा बिहानै ५ बजेदेखी ठेला लिए आइपुग्छन् । उनको ठेला सातुको लागी
परिचित छ । उनको ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती समेत पाइन्छ।
उनको
ठेला बजारमा देख्नेबित्तिकै ठेलामा सातु पिउने मानिसको भीड लाग्ने गर्छ । सातु खान
आउने अधिकांशले उनको सातु स्वादिष्ट रहेको बताउँछन झट्ट हेर्दा उनको ठेला पनि
राम्रो छैन तर ग्राहक भने सातु खुवाएर सन्तुष्ट हुने गरेका छन । उनले यही सातुको
बिक्रीबाट मासिकरुपमा रु ५० हजार आम्दानी गर्ने गरेका छन ।
गर्मीको मौसममा उनले मसिक एक लाख सम्म पनि कमाउँछन । गर्मीको समयमा एकदिनमा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ ।
- न्युज बहार संवाददाता