Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन शेयर?

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ  । आज शुक्रबार सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड हुँदै छ । गत फागुन १३ गतेदेखि १६ गतेसम्म कम्पनीले बुक बिल्डिङ विधिबाट निष्कासन गरेको आईपीओ बाँडफाँड आज हुन लागेको हो ।    

आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान १० बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको प्रधान कार्यालयमा हुनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिने छ ।  

कम्पनिले प्रतिकित्ता ३६०.९० रुपैयाँले कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकले आवेदन दिएका थिए ।  

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ भने ५० कित्ताका दरले आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै आईपीओ पर्नेछ ।

  • न्युज बहार संवाददाता

थप