जेठ १३, काठमाडौँ
। सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । अधिवक्ताहरू अनन्तराज
लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले आज मंगलबार पौडेलको
नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।
गभर्नरविरुद्ध
दर्ता भएको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको
व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ भने पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने
निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।
अधिवक्ता
उप्रेतीका अनुसार गभर्नर पौडेलविरुद्धको रिटमाथि बुधबारका लागि पेसी तोकिएको छ ।
- न्युज बहार संवाददाता