Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रासायनिक मल खरिद गर्दा लाग्ने समय अब घट्ने

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । रासायनिक मल खरिद गर्दा लाग्ने समय अब घट्ने देखिएको छ । सरकारले मल खरिद प्रकृया घटाएको छ।

पहिलो पटक रासायनिक मल खरिद सम्बन्धी प्रावधान सार्वजनिक खरिद नियमावली-२०६४ को १४औं संशोधन मार्फत समेटिएको हो।

वैशाख १५ गतेको राजपत्रमा संशोधित नियमावली प्रकाशित गरिएको छ।

रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रिय स्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने संशोधित नियमावलीले उल्लेख छ।

त्यस्तै बोलपत्रदाताले पेस गरेको प्राबिधिक प्रस्ताव खोलेको मिति देखि ३० दिन सम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि नियमावलीमा थप गरिएको छ।

  • न्युज बहार संवाददाता

थप