वैशाख १५, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको भाउ घटेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज सोमबार नेपाली जारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको हो।
चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको
महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता