फागुन १, काठमाडौं । नागरिक बचाऊ महाअभियान सुरु
गरेका झापाका व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा पुर्वराजा
ज्ञानेन्द्र शाहाको सहभागी भएका थिए। झापास्थित मेची पुलमा आयोजित सभाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले
व्यवसायी प्रसाईको महाअभियानको उद्धघाटन गरेका हुन् ।
सभामा
पूर्व राजपरिवारका अन्य सदस्यहरु पनि उपस्थित थिए । पूर्वअधिराजकुमारी प्रेरणा शाह
र पूर्वयुवराज पारस शाह समेत सभामा सहभागी भएका छन् ।
देशको संरचना पुन एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि प्रसाईंले महाअभियान सुरु गरेको बताएका छन । यस्तै संघीयता खारेजीका साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको समेत प्रसाईंले माग गरेका छन् ।