जेठ १४, काठमाडौँ । आगामी आर्थिक वर्षको
बजेट भोली अर्थात २०८२ जेठ १५ गते (बिहिबार) सार्वजनिक हुने भएको छ । सरकारले
बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने
भएको हो ।
भोलि बस्ने
बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट
प्रस्तुत गर्नेछन् ।
मंगलबारदेखि
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेका विपक्षी
दलहरूले बजेट ल्याउन भने दिने जनाएका छन् ।
भोलि
दिउँसो १:४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको संघीय संसद् सचिवालयले
जनाएको छ ।
- न्युज बहार संवाददाता