Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रसुवागढी बाढी : चिनसँग सम्पर्क टुट्यो, व्यावसायीहरुलाई अर्बौँको नोक्सानी

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । गएराती चीनतर्फबाट आएको ठुलो बाढीका कारण अहिले नेपाल र चीनको सम्पर्क टुटेको छ । नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल गएराती रसुवागढीमा आएको बाढीले बगाएको छ । मितेरी पुल बगाएपछी चिन र नेपालको मुख्य नाका अहिले सम्पर्क बिहिन भएको हो ।

उक्त बाढीले नेपालतर्फको चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि ठुलो क्षति पुर्‍याएको छ । क्षतीका कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन सहित निर्माणाधीन सुक्खा बन्दरगाह र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ ।

बाढीले रसुवागढी नाकामा भौतिक संरचनासँगै अर्बौँको व्यावसायिक लगानी डुबाएको आकलन गरिएको छ । व्यवसायीहरूका अनुसार दसैँ लक्षित चीनबाट आयात गरेका तयारी कपडा, ईभी गाडी, फलफूल, जुत्ताचप्पल लगायतका सामान बोकेका कन्टेनरहरू बगाउँदा अर्बौँको नोक्सानी भएको छ ।

बाढीले चीनबाट आयात भएका ईभीका सवारी साधन र सामान बोक्ने कन्टेनरहरू बगाएको छ भने उक्त घटनामा हालसम्म ५० जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीले करिब ३५ वटा गाडी र एक सयभन्दा बढी ईभी सवारी साधन बगाएको जानकारी नेपाल सीमापार हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप