Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फूल्न लागेको स्याउको बोटमा वर्षाको असर, उत्पादन घट्ने प्रक्षेपण

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

वैशाख १६, मुस्ताङ । मुस्ताङमा फूल्न लागेको स्याउको बोटमा विगत तिन दिनदेखि परेको लगातारको वर्षाले असर पुर्याएको छ ।  वर्षाले परेको असरले यस वर्ष स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ ।

मुस्ताङम जिल्लामा रहेका स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।  शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुखका अनुसार वर्षा भइरहँदा फुल्दै गरेका स्याउको बोटमा असर पुर्याएको छ भने यस वर्ष स्याउ उत्पादन कम हुने देखिएको छ ।

यस क्षेत्रमा गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन पनि राम्रो भएको थियो । तर बोटमा सञ्चित इनर्जी निकै कम हुँदा यसवर्ष भने फूल नै निकै कम फुलेको थिए । कम फुलेका उक्त स्याउका फूललाई पनि हावा र पानीले असर गरेको छ । 

  • न्युज बहार संवाददाता

थप