Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्राविधिक समस्या देखिएपछी लुक्ला उडेको जहाज पुन: काठमाडौँ फर्कियो

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

जेठ ५, काठमाडौँ । लुक्लाका लागि काठमाडौँबाट उडान भरेको समिट एयरको ट्वीनअटर जहाज पुनः काठमाडौँ नै फर्किएको छ ।

समिट एयरको फ्लाइट नम्बर ३०१ को ट्वीनअटर जहाज आज सोमबार बिहान लुक्ला उडेका लागि उडेको थियो तर जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई पुन: काठमाडौँ फर्काइएको हो ।

बिहान ७:२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको र इन्जिनमा समस्या आएपछि फेरि काठमाडौँ डाइभर्ट गरिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाले जनाएका छन । काठमाडौँ विमानस्थलमा जहाज सुरक्षित अवतरण भएको छ ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए ।

  • न्युज बहार संवाददाता

थप