बैशाख २४, जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणले काटिदिएको छ । नेपाल विद्युत प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटिदिएको हो।
मधेशकै सबै भन्दा ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको छ ।
प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको बताएका छन ।
- न्युज बहार संवाददाता