Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कैलाश मानसरोवरमा बढ्दै पर्यटकको संख्या

  •   १ वर्ष अघि | २१ साउन २०८२, मङ्लबार

साउन २०, काठमाडौँ । कैलाश मानसरोवर तीर्थयात्रा भारतीय पर्यटकका लागि खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको छ। 

पर्यटकको संख्या बढेसँगै अहिले नेपालगञ्जबाट सिमकोटका लागि दैनिक उडान संख्या पनि बढेको छ। यो गन्तव्यमा सामान्य दिनमा दैनिक १० वटा उडान हुने गरेकोमा अहिले दैनिक ५० भन्दा बढी उडान भइरहेको छ।

विमानस्थल कार्यालयका अनुसार तीर्थयात्रीको चाप बढेपछि अहिले नेपालगञ्जबाट सिमकोट विमानस्थलमा तारा, समिट, सीता एयरका जहाजले नियमित उडान गरिरहेका छन् भने त्यस्तै नेपाल एयरलाइन्सको ट्विनअटरले पनि हरेक सोमबार उडान गरिरहेको छ।

विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार पहिलेभन्दा अहिले फ्लाइट बढेको छ, मानसरोवर जाने भारतीय पर्यटक बढेका छन्, अहिले जहाज र हेलिकप्टरलाई भ्याइनभ्याइ छ।'

उनका अनुसार पर्यटकको आगमन बढेसँगै यसक्षेत्रका होटल व्यवसायमा पनि चहलपहल बढेको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म रहेको पर्यटन व्यवसायीहरूले बताएका छन। यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकहरू कैलाश मानसरोवर पुग्छन्। 

यो क्षेत्र तिब्बतमा पर्छ यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्ने हुन्छ। चिनियाँ दूतावासबाट नेपालमा यस्तो अनुमति प्राप्त हुन्छ। ट्रेकिङ एजेन्सीले अनुमति लिने काम गरिदिन्छ। चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ।

जहाजमार्फत काठमाडौँबाट पनि ल्हासा भएर कैलाश–मानसरोवर जान सकिन्छ। जहाजमा जानेहरू ल्हासा पुगेर त्यहाँबाट गाडीमा जान पाउने व्यवस्था छ, तर ल्हासाको उडान नियमित नहुने र भाडा महँगो पर्ने भएकाले धेरैजसो यात्रु स्थलयात्रा नै रज्ने गरेका छन।

  • न्युज बहार संवाददाता

थप