जेठ
२३, काठमाडौँ। नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची काठमाडौं
महानगरपालिकाले सार्वजनिक गरेको छ।
गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरपालिकाले निर्देशन गरेको थियो। १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र छात्रवृत्ति प्रदान गरिएको सम्पुर्ण विवरण वेबसाइटमा प्रकाशित गर्न निर्देशन गरेको थियो, तर त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची महानगरले प्रकाशित गरेको छ।
यसैगरी महानगरले ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा समेत तोकेको छ ।
- न्युज बहार संवाददाता