Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्रोत साधनको हिसाबले सबैभन्दा बलियो काठमाडौँ महानगरको आन्तरिक राजस्वमा बृद्धी।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, काठमाडौँ। अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले संघीय सरकारको राजस्व घट्दा काठमाडौँ महानगरपालिकाले भने आन्तरिक राजस्व बढाएको छ। अघिल्लो वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले ३० प्रतिशत बढी आन्तरिक राजस्व उठाएको हो भने  स्रोत साधनको हिसाबले सबैभन्दा बलियो महानगरपालिका यसैलाई मानिन्छ।

महानगरको राजश्व विभागका प्रमुख ध्रुव काफ्लेले आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको महानगरले आर्थिक वर्ष २०७९/०८० मा ५ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएको जानकारी दिएका छन।

आन्तरिक राजस्व बढे पनि प्रदेश तथा संघीय सरकारबाट बाँडफाँट र अनुदानबाट आउने राजस्वमा कमी आउँदा समग्र राजस्व घटेको काफ्लेले बतएका छन।

उनका अनुसार गत वर्षको तुलनामा समग्र राजस्व तीन प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले कम उठेको हो।

  • न्युज बहार संवाददाता

थप