अरनिको पाँडे राष्ट्रिय
स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन उनले गएको आइतबार सभापति रवि
लामिछानेले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन्।
उक्त दिन
बसेको रास्वपा बैठकले गरेका निर्णयको स्वामित्व आफूले लिने तर पत्रकार सम्मेलनका क्रममा लामिछानेले दिएको अभिव्यक्ति र
व्याख्यामा आफु जिम्मा नलिने भन्दै बुधबार दिउँसो
ट्वीट गरेका छन।
ऊनको ट्विट
यस्तो थीयो ‘हो, म राष्ट्रिय
स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु- हामीले व्यापक छलफल
गरेका थियौं, तर म पत्रकार
सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा
भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ।’
रास्वपा
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको
थियो ।