वैशाख ७, चितवन । गत वर्ष(विसं २०८०) को तुलनामा यस (विसं २०८१) मा मह उत्पादनमा कमी आएको छ । गत वर्ष भन्दा यस वर्ष एक हजार ७० टनले मह उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएको थियो भने गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।
नेपाल मौरीपालक महासङ्घका अनुसार मह उत्पादनमा कमी आउनुको मुख्य कारण अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगी रहेको छ ।
लगानीको
अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान
पलायन हुने खतरा बढेको महासङ्घले जनाएको छ । मौरीपालक किसानको सङ्ख्या बढे पनि अघिल्लो वर्षका
तुलनामा मह उत्पादनमा भने कमी आएको हो ।
- न्युज बहार संवाददाता