जेठ ३१, गुल्मी । गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । बर्सातको समय सुरु भएसँगै मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भइरहेको छ ।
कफी
विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यका अनुसार किसानलेमागे जति कफीका बिरुवा
कफी विकास कार्यालयले उत्पादन गर्न नसकेका कारण समस्या भएको हो ।
यस पटक कफी
विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट किसानहरूले दुई लाख कफीका बिरुवाको माग
आएको छ, तर धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा
उत्पादन भएको छ ।
कफीका
बिरुवा उत्पादन गर्नुका साथै कफी विकास केन्द्रले बिक्री वितरण गर्दै आइरहको छ । यस
पटक पनि गुल्मीसहित लमजुङ, अर्घाखाँची, कास्की, धादिङ, स्याङ्जालगायत ४० भन्दा
बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको छ । यहाँको नर्सरीमा उत्पादित
बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ ।
- न्युज बहार संवाददाता