Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकन

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, आइतवार

जेठ ४, काठमाडौँ । माउन्टेन फ्लाइटमार्फत नेपाली विज्ञहरूको टोलीले सगरमाथा सहितका हिमालको अवलोकन गरेका छन् ।

माउन्टेन फ्लाइटमार्फत सगरमाथा संवादका लागि आएका पाहुनालाई हिमालहरूको अवलोकन गराइएको हो ।

२४ जना विदेशी सहितको टोलीले आइतबार बिहान माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित चोयु, शिसापाङ्मा, ल्होत्से, अमादब्लम, मकालु, गौरीशंकर, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।

माउन्टेन फ्लाइटको नेतृत्व वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गरेका थिए । यस माउन्टेन फ्लाइटको उद्देश्य विदेशी पाहुनालाई नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे प्रत्यक्ष अवलोकन गराउनु रहेको छ ।

  • न्युज बहार संवाददाता

थप