चैत २६, पोखरा
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३२ उडान हुने गरेकोमा
हिजो सोमबार एउटा पनि उडान भएन ।
विमानस्थलको
आज मंगलबारको सेड्युल पनि ठप्प रहेको छ । आज छेन्दुबाट पोखरामा हुने सिचुआन
एयरलाइन्सको चार्टर उडानलाई भोली बुधबारका लागि सारिएको छ । तर बुधबार पनि उडान
हुने ग्यारेन्टी छैन ।
विमानस्थलको
तालिका मौसम खराबीका कारण बिग्रिएको हो ।
विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार मौसम
खराब भएका कारण
भिजिबिलिटी नै छैन । उनले आज र भोलि बिहानको पनि फ्लाइट लगभग स्थगित भएका जनाएका छन । उडान स्थगित हुँदा यात्रुहरू
दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य भएका छन ।
- न्युज बहार संवाददाता